Logo

स्वर्णधारी सुमन सम्मानित



काठमाडौं, असार २९ गते । नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमनलाई वादोरियो कराते संघको तेश्रो केन्द्रीय महाधिवेशनको उद्घाटन अवसरमा सम्मान गरिएको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सुमनलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
सोही अवसरमा श्रीलंकामा भएको तेश्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताका पदक विजेता कमरुद्दिन अली  (स्वर्ण), सम्यम कँडेल (स्वर्ण), शोभाकर पन्त (रजत) र पुरुषोत्तम पोखरेल (रजत) सम्मानित भए । १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी ओपन करातेका स्वर्ण विजेता देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा कार्की, रजत विजेता आकृति कँडेल र कांस्य विजेता वैश्नवी शर्मालाई पनि सम्मान गरियो ।
त्यस्तै भारतमा भएको प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा स्वर्ण जितेका सागर काफ्ले, शरद कुँवर, अर्पण भण्डारी, विवेक विक, रजत जितेका सावित्री भण्डारी र मनीष रोका मगर तथा कांस्य विजेता युगन बस्याल र विसन थापा मगर पनि सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता