Logo

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध, १८ सडक ‘वान-वे’



बाजुरा,असार २८ । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् ।

आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम र गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।
यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडकखण्ड पनि अवरुद्ध । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।

विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् ।

म्याग्दीको नौनीबगर, गुइथे, काभ्रे र बैसरी तथा पाल्पाको ढुंगाखानीमा पहिरो जाँदा तानसेन-रिडी-कोरला सडक एकतर्फी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता