Logo

सीता दाहालमा पदीय जिम्मेवारी लिने इच्छा थिएन : देव गुरुङ



काठमाण्डौं,असार २८ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी सीता दाहालको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

‘तीसको दशकमा कमरेड प्रचण्डसँगको वैवाहिक जीवनमा जोडिएपछि कमरेड सीता दाहालको पार्टी निर्माण र पार्टी हेडक्वार्टर सञ्चालनमा सकारात्मक भूमिका रह्यो । पञ्चायत र जनयुद्धकाल संकटको समय थियो । पारिवारिक जिम्मेवारी लिने र कम्युनिस्ट आन्दोलनमा जोडिने कन्ट्राडिक्सनका बीचमा पनि उहाँमा कुनै वैचारिक विचलन भएन । कम्युनिस्ट आन्दोलनप्रति सदैव निष्ठाभाव रहिरह्यो । प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी कमरेड सीता दाहालको महत्त्वपूर्ण भूमिका छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

दाहालको निधनले माओवादी आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको पनि गुरुङले औंल्याए । उनले भने, ‘मान्छेले त्रुटि गर्दै गर्दैन त भन्न सकिन्न । कमीकमजोरीबाट मुक्त कोही पनि हुन्न । सचेत र अनजानवश हुने भन्ने कुरा मात्र हो । तर उहाँले देश र जनता अनि कम्युनिस्ट आन्दोलनलाई क्षति पुग्ने काम गर्नुभयो भन्ने लाग्दैन ।’

सीता दाहालमा जसरी पनि पदीय जिम्मेवारी लिने इच्छा, आकांक्षा नभएको पनि उनको टिप्पणी छ । दाहाल जहिल्यै पार्टी एकताको पक्षमा उभिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता