Logo

प्रधानमन्त्री प्रचण्डले दिए पत्नी सीतालाई दागबत्ती



काठ्माण्डौं,असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए।

दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो।

ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता