Logo

नेपालको हस्तकला चिनाउदै छिमेकी देश चिनमा सिजन श्रेष्ठ



काठ्माण्डौ असार , २५ । चिन देशमा १५७ वटा देश को एकै ठाउँमा प्रर्दशन राखेर समन्य गरीएको थियो जसमा नेपाल बाट साना तथा मझैला उद्दयोग नेपाल (एस.एम.ए) बाट सिजन श्रेष्ठ ज्यु उपस्थित हुनुभएका थिए । यसमा विशेषगरी एउटा देशले उत्पादन गरेको वस्तु अर्को देशले चिनेर प्रयोग गर्ने बारे कुराकानी भएको थियो ।

यसमा विशेषगरी नेपालबाट सिजन श्रेष्ठ द्धारा नेपालमा उत्पादन भएको वस्तु लाई चिनमा कसरी लाने र चिनमा उत्पादन भएको वस्तु लाई कसरी नेपालमा ल्याउन सहज हुने वातावरण बनाउने भन्ने बारे छलफल भएको थियो ।नेपालीहरुका लागी चिनमा यस साना तथा मझैला उद्दयोग नेपाल (एस.एम.ए) का लागी बिना ज्याला ठाउँका र स्टलको व्यवस्था मिलाइएको थियो । यो (एस.एम.ए) चार दीनको भएको थियो । बाल गनपती आलमोनियमका मालीक सिजन श्रेष्ठ ज्यु लाई नेपालमा उत्पादन भएको वस्तु लाई बिदेशमा गएर चिनाउने अवसर पाउँदा आफुलाई एकदमै खुसी महसुस गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता