पुर्बी तराईका क्षेत्रमा बिहानै देखि भारी बर्षा

काठ्माण्डौ,असार २५ । आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।
तर लगातार झरी पर्ने सम्भावना भने छैन । ‘आज र भोलि देशका धेरै स्थानहरुमा केहीबेर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने हुन्छ,’ मौसमविद रोजन लामिछानेले भने ।
मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्व भूभागतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले अघिल्ला दिनको तुलनामा आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।