Logo

जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु



काठमाण्डौं,असार २३ । नेपाल ओलम्पिक कमिटीको सहयोग तथा नेपाल जुडो संघको आयोजनामा ओलम्पिक सोलिडारिटी कोचिङ टेक्निकल कोर्स शुक्रबारदेखि खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा सुरु भएको छ ।

कोर्सको ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे । कोर्समा ४५ जना सहभागी छन् ।

सहभागीलाई आईजेएफ प्रशिक्षक बोस्निया हर्जगोभिनाका मेकिक अमेलले प्रशिक्षण दिइरहेका छन् । कोर्स असार २७ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता