Logo

सेपाकताक्रो टोली थाइल्यान्ड जाने



काठमाण्डौं,असार २१ । विश्व सेपाकताक्रो च्याम्पियनसिप, ३६ औं किङ्स कपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

पुरुष खेलाडीमा पदमबहादुर थाडा मगर, विपिन थनेत, उमेशबहादुर महतो, दिपेशजंग थापा, विजय महतो र सुजन थिङ रहेका छन् । महिलामा इनु चौधरी, सुमित्रा डंगोल, निरु थापा मगर, प्रतीक्षा थनेत र नैना राना मगर छन् ।

अफिसियलमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, आईटीओमा नेसिर मास्के, व्यवस्थापकमा शिवप्रसाद देवकोटा र डा. यमबहादुर गुरुङ, प्रशिक्षकमा ढाकाराम भट्टराई तथा निर्णायकमा संगिन थापा मगर रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुलाइ ९ देखि १६ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता