Logo

प्रितम सिंह भन्छन् : प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको सत्य होइन



काठमाडौं, २० असार । सरदार प्रितम सिंहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका छन् ।

बुधबार एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका हुन् ।

उनले भने, ‘उहाँले जे भन्नुभयो। हामी प्रति माया देखाउनलाई भन्नुभएको होला। प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन ।’

यस्तै, उनले नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती रहेको बताउदै भने, ‘त्यहीँ बेला म दुई देशबीचको सम्बन्ध सुधारका निम्ति भारत गएको हुँ। राजनीतिक विषयमा कुनै पनि छलफल भएको छैन ।’

उनले प्रधानमन्त्री प्रचण्डले बोलेका कुरा राजनीतिक नभएको स्पष्ट पारेका छन्। उनले आफ्नो सम्बन्ध पारिवारिक मात्र भएको र यसमा आफ्नो प्रधानमन्त्री बनाउन कुनै भूमिका नभएको बताएका छन् ।

आफनो छोराको सम्बन्ध प्रधानमन्त्री प्रचण्डका स्वर्गिय छोरा प्रकाश दाहालसँग विशिष्ट रहेको समेत उनले खुलाए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता