Logo

इटहरीमा भएको टिपर दुर्घटनामा आमा-छोरीको मृत्यु



इटहरी,असार १९ ।  इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा आमा-छोरीको मृत्यु भएको छ ।

आज दिउँसो ३:२० बजेतिर इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार आमा-छोरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी ८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरी रहेकी छन् ।

टिपरको ठक्करबाट सरिताको घटनास्थलमै मृत्यु भएको हो भने अंशुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएपछि स्थानीयबासीले इटहरी चौकमा लामो समयसम्म चक्काजाम गरेका थिए । चक्काजामका कारण अवस्था तनावग्रस्त समेत बनेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इटहरीको खनारमा भदैनीको घरमा पूजामा जान हिँडेका आमाछोरीलाई इटहरी चोकमा कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको थियो।
स्थानीयबासीले ठक्करबाट घाइते भएकी सरितालाई चालकले ब्याक गरेर किचेको आरोप लगाएका छन्। प्रहरीले भने त्यसबारे अनुसन्धानपछि मात्रै केही भन्न सकिने जनाएको छ।
को १४ प ५२६ नम्बरको स्कुटरमा सवार उनीहरू विराटनगर लाइनतर्फ अघि बढ्ने क्रममा थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता