Logo

टिभ्सको दुवै टोली सेमिफाइनलमा



काठमाडौं, असार १९ गते । टिभ्सको ‘ए’ र ‘बी’ दुवै टोली चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टिभ्स ‘ए’ ले जिबीएचएसलाई २–१ तथा टिभ्स ‘बी’ ले आयोजक सूर्योदय ‘बी’ लाई ६–१ ले पराजित गरे । सोही स्पर्धामा आईएसए नेपालले सूर्योदय ‘ए’ लाई ७–१ तथा बलर्सले चैतन्यलाई ७–१ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ग्रान्डीले एडिमलाई १३–११, बापेकले हेम्सलाई १३–९, बलर्सले मगसलाई १४–९ तथा मनास्लुले सम्बोधलाई १३–११ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसी र प्यासिफिक हस्पिटालिटी क्युलीनरी एकेडेमीका प्रबन्ध निर्देशक सुशिल थापाले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।

प्रतियोगितामा ब्वाइजतर्फ २४ तथा गल्र्समा १२ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले १५ हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । गल्र्सको विजेतालाई १० हजार तथा उपविजेतालाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता