Logo

प्रचण्डको खुलासा : प्रितमसिंहले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो



काठमाण्डौ,असार १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रीतम सिंह आफूलाई एक पटक प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको खुलासा गरेका छन्।
सोमबार होटल याक एण्ड यतिमा सरदार सिंहकी छोरीले लेखेको ‘रोडस टू दी भ्याली’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले उक्त खुलासा गरेका हुन्।

उनले भने, ‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली पनि जानुभयो। काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो।’

यस्तै, उनले सिंहले आफूलाई धेरै ठूलो सहयोग गरेको बताए। उनले ठूली छोरीलाई क्यान्सर हुँदा पनि तिनै सिंहले ठूलै सहयोग गरेको र आफू उनीप्रति नतमस्तक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता