Logo

निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन



काठमाण्डौं,असार १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्।

शिक्षा ऐनमा संस्थागत विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन्।

‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ उनले भने।

उनले काठमाडौं महानगरपालिका भित्र पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूले पाउने तलब पनि सार्वजनिक गरेका छन्। त्यसअनुसार नै संस्थागत विद्यालयका शिक्षकहरूलाई पनि तलब दिन उनले भनेका छन्।

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ,’ उनले भनेका छन्, ‘सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।’

सामुदायिक विद्यालयले पाउनेजति तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता