प्रचण्ड नेतृत्व सरकारको ६ महिना के के गर्यो सुची सहित

काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको छ महिनाको उपलब्धी सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (बिहीबार) सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेको हो ।