Logo

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा



काठमाडौं, असार १२ । विनियोजन विधेयक २०८० को मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नमा प्रतिनिधि सभामा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सोमबार पनि जारी रह्यो । सोमबार विभिन्न आठ मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिएका छन् ।

आज विभागीय मन्त्रीले जवाफ दिने क्रम सक्ने तयारी छ । मङ्गलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मातहतका निकायको जवाफ त्यसपछि मात्र हुने छ ।

सोमबार रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिएका छन् ।

सभामा जवाफ दिँदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्यालाई निरपेक्ष रूपमा नहेर्न आग्रह गरे । सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारले निर्धारण गर्ने र सरकारले तोकेको जिम्मेवारी सेनाबाट सम्पादन हुने पनि मन्त्री खड्काको भनाइ छ । सेनाको सङ्ख्यालाई मुलुकको भौगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय सुरक्षा परिवेश, मुलुकको आवश्यकताका आधारमा विश्लेषण गर्नुपर्ने पनि उनले बताए।

बदलिँदो सुरक्षा परिवेशमा सरकारले सुरक्षा नीति तय गरेको मन्त्री खड्काको भनाइ छ । सबै प्रकारका सुरक्षा चुनौतीलाई सम्बोधन गर्नका लागि राष्ट्रिय सुरक्षा नीति स्वीकृत भई कार्यान्वयनमा रहेको पनि उनको भनाइ छ । सुरक्षा नीतिमा सबै पक्षको साझा धारणा हुनुपर्ने पनि उनले जोड दिए। उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना विधेयक चाँडै संसद्मा पेस गर्ने पनि प्रतिबद्धता जनाए। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता