Logo

बक्सिङ र एथलेटिक्सको तयारी निरीक्षण



काठमाडौं, असार १० गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सदस्य–सचिव घिसिङले तयारी निरीक्षण गरेका हुन् ।
त्यस क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका विषयमा जानकारी लिदै खेलाडीलाई कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
यसअघि सदस्य–सचिव घिसिङले असार ६ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा एसियाडको तयारी प्रशिक्षणमा रहेका तेक्वान्दो, कराते र कुस्ती खेलको तयारी निरीक्षण गरेका थिए ।

अन्नपूर्णलाई बास्केटबल उपाधि
अन्नपूर्ण गाउँपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
अन्नपूर्णले फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१–८८ ले पराजित ग¥यो । अन्नपूर्णका केमन सेन्चुरीले २३ अंक जोडे । उपाधिसंगै अन्नपूर्णले १ लाख नगद पुरस्कार हात पा¥यो भने कीर्तिपुरले ५० हजार नगद पुरस्कार पायो । केमन ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए । उनले १० हजार नगद पुरस्कार जिते ।
कीर्तिपुर कभर्डहलमा पहिलो क्वाटरमा २२–१३ को अग्रता लिएको अन्नपूर्ण दोश्रो र तेश्रोमा क्रमशः २०–२३ र २०–२१ ले पछि प¥यो । चौथो तथा अन्तिम क्वाटर २६–२४ ले आफ्नो पक्षमा पार्दै अन्नपूर्णले उपाधि पक्का ग¥यो ।
ललितपुर महानगरपालिकाले नागर्जुन नगरपालिकालाई ९८–९३ ले हराउदै तेश्रो स्थानमा चित्त बुझायो । ललितपुरका प्रनिशले ३० स्कोर गरे । ललितपुरले ३० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, उप मेयर शुभलक्ष्मी शाक्य, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता