Logo

फ्रिडम फाइटरद्वारा उपाधि रक्षा



काठमाण्डौं,असार ६ ।  डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटरले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको  छ ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको फाइनलमा फ्रिडमले तकामी भेट्रानलाई ३–१ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । फ्रिडमका लागि ‘म्यान अफ द म्याच’ विकर्ण श्रेष्ठले २ तथा राजकुमार घिसिङले १ ले गोल गरे । तकामीका रितेश थापाले १ गोल फर्काए । उपाधिसंगै फ्रिडमले १ लाख नगद पुरस्कार हात पा¥यो । तकामीले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा तकामीका रितेश थापा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा मुकुन्द थापा, डिफेन्समा राजनलाल नेपाल र मिडफिल्डमा राजकुमार घिसिङ उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट तीनै खेलाडी फ्रिडमका हुन् । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापा, आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा विश्व साइकल यात्री शुभप्रसाद शर्मालाई आयोजक वडा ७ ले प्रोत्साहन स्वरुप नगद २ लाख रुपैयाँ प्रदान गरेको थियो । साताव्यापी नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता