Logo

पाथिभरा माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् असार ६ गते बुधबारको राशिफल



बि स २०८० असार ६ गते बुधबार इश्वी सन २०२३ जुन २१ तारीख आषाढ शुक्ल पक्ष तृतिया तिथी ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । नयाँकार्य प्रारम्भ गर्न समयले साथ दिएकोछ । दाम्पत्य सम्वन्धमा सामान्य समस्या देखा पर्नेछ । साजेदारी कार्यका क्षेत्रमा समेत सजगता अपनाउनु होला । बिशिष्ठ व्यत्तिहरु सँगको भेटघाटले मन हर्षित रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कला कौशलका क्षेत्रमा लगाईको समय नीकै उत्तम रहनेछ । आफन्तजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । यात्राका क्षेत्रमा भने सावधानी अपनाउनु पर्नेछ । शत्रु पक्ष सवल रहनाले नयाँ लगानीमा सावधानी अपनाउनु पर्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा सामान्य प्रभाव पर्नेछ । वाणीमा सावधानी अपनाउनु होला । मिष्ठान्न भोजन प्राप्तीको योग रहेकोछ । बिश्वासिला मित्रजनहरुबाट धोकाको सम्भाबना रहेकोछ । अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारीवारिक साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहनेछ । साजेदारी कार्यमा गरीएको लगानी उत्तम साबित हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य अस्मन्जसता उत्पन्न हुनेछ । स्वास्थ क्षेत्रमा सामान्य सुधारको समय रहेकोछ । मनोरञ्जन पूर्ण यात्राको समय रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अनावश्क खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सँगको सम्बन्धमा समेत तिक्तता उत्पन्न हुनेछ । देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ । पारीवारिक सरसल्लाह तथा सरसहयोग बाटमात्र कार्य प्रारम्भ गर्नुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय र्आजनका बिभिन्न श्रोतहरु फेला पर्नुका साथै आम्दानीमा वृद्धिहुनेछ । अध्यन अध्यापनका क्षेत्रमा मन स्थिर नरहला । मित्रजनहरु सँगको भेटघाटको योग रहेकोछ । खानपानका क्षेत्रमा भने सावधानी अपनाउनु होला । शुभचिन्तक हरुको बृद्धि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा ढिलाइको सम्भाबना रहनेछ । मान्यजनहरु सँगको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुनेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानी अपनाउनु होला । अनुसन्धान मुलक कार्य क्षेत्रमा निकै लाभ हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रा कारक समय रहेकोछ । तपाँइ द्वारा सम्पादित कार्यके श्रेय अन्य गैर व्यत्तिले प्राप्त गर्नेछन । निर्णय गर्ने क्षमतामा कमि भएको महसुस रहनेछ । परीवारका सदस्यहरु बाट टाढाँ भएको अनुभुती हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछन । खान पानमा साबधानी अपनाउनु होला । स्थान परीवर्तनको समेत योग रहेकोछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछन । रोकिएर रहेको कार्य नयाँ ढंग बाट प्रारम्भ गर्नाले उत्तम फल प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सम्बन्धमा सामान्य समस्या देखा पर्नेछन । साजेदारी कार्यबाट निकै लाभ प्राप्त गर्न सकिनेछ । लगानी गर्न समयले साथ दिनेछ । आफ्नो एकल निर्णयका कारण सामान्य झमेला झेल्नु पर्नेछ । मानसम्मानमा सामान्य ठेस पुग्न सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आलोचक हरुकाकारण कार्य क्षेत्रमा समस्या भोग्नु पर्नेछ । यात्रामा समेल साबधानी अपनाउनु होला । परीवारका सदस्यहरु बाट टाढा भइनेछ । सामान्य खर्चको समेत योग बन्नेछ । हरकसैलाइपूर्ण बिश्वासको नजरले नहेर्नूनै उत्तम रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँ सिपमुलक कार्यको थालनीको राम्रो समय रहेकोछ । फसेका लगानी उठाउन आजको दिन नीकै प्रभावकारी रहनेछ । कार्यस्थल परीर्वतन गर्नाले निकै उत्तम फल प्राप्त हुनेछ । मानसम्मान प्राप्त हुने योग रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता