Logo

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी यसरी मिल्दै छन दलहरु



काठमाडौं, असार १ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी गरेका छन्।

मोर्चा घोषणाको लागि लामो समय तयारी गरेका प्रचण्डले एक/दुई दिनमा नै घोषणा गर्ने अन्तिम तयारीमा जुटेको उनको सचिवालयले जनाएको छ।

मोर्चामा माओवादी केन्द्रका साथै उपेन्द्र यादव नेतृत्वको जसपा, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई समावेश गराउने तयारीमा प्रचण्ड रहेका छन्। अन्य दलहरू मोर्चाका लागि सकरात्मक रहेपनि बाबुराम भट्टराई पछिल्लो समय प्रचण्डसँग रूष्ट देखिएका छन्।

भट्टराई रूष्ट भएपनि उनलाई मनाएरै मोर्चा घोषणका लागि प्रचण्डले तयारी थालेका छन्। प्रचण्डले भट्टराईसँग आज साझ मोर्चा घोषणाका लागि निर्णायक छलफल गर्ने तयारी गरेको प्रचण्डको सचिवालयले जनाएको छ। गोरखामा रहेका भट्टराई बिहिबार काठमाडौं फर्केका छन्। मोर्चा घोषणा भए संसद्‍मा प्रचण्डको साथमा ५४ सांसद् हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता