Logo

विनियोजन विधेयक बहुमतबाट स्वीकृत



काठमाडौं, ३० जेठ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको सोमबार  दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन्। विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता