Logo

प्रचण्डलाई मुद्दा लागे पछी डा भट्टराईको कडा प्रतिकृया



काठमाडौ,जेठ २९ । नेपाल समाजवादी पार्टी (नेसपा) ले शान्ति प्रक्रियाको बाँकी काम प्रभावकारी रुपमा अगाडि बढाएर निष्कर्षमा पुर्याउन माग गरेको छ । गत जेठ २५ र २६ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न माग गरेको हो ।

बैठकले द्वन्द्वकालीन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न प्रतिगामी हर्कतहरु भइरहेको भन्दै भत्सर्नासमेत गरेको छ । साथै, टीकापुर घटनाका दोषी रेशम चौधरीले पाएको आम माफीको बैठकले स्वागत गरेको छ । मधेश आन्दोलन, जनजाति आन्दोलन, थारु आन्दोलन लगायतका बन्दीहरुलाई यथाशीघ्र रिहाइको मागसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता