Logo

काठमाडौंको सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ



काठमाण्डौं, जेठ,२८ । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता