Logo

काठमाडौं भ्यालीको जित



काठमाडौं, जेठ २८ गते । काठमाडौं भ्यालीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेको छ ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा काठमाडौं भ्यालीले नर्थ भ्यालीलाई २३–२२ को साँघुरोअन्तरले पराजित ग¥यो । काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८–१५ तथा जीवन ज्योतिले स्प्रिङ भ्यालीलाई २४–२२ ले हराए । सिद्धार्थ मोडलका सविर मगर तथा जीवन ज्योतिका आयुश तामाङले समान ८–८ अंक जोडे ।
मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा न्यु एराले नर्थ भ्यालीलाई २२–१८, काठमाडौं लिङकनले काठमाडौं शिक्षालयलाई १८–१० र पद्यमचक्रले सिर्जना ज्ञान सागरलाई २४–१२ ले पाखा लगाए । न्यु एराकी नर्गिमा तामाङले १०, काठमाडौं लिङकनकी लिरोन श्रेष्ठले ८ र पद्यमचक्रकी श्रद्धा फुयालले १० स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता