सांसदहरूले बजेटबारे उठाएका प्रश्नहरूको आज अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं, जेठ २८ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो।
बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ।
सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।