Logo

हिमरश्मीको दोहोरो जित



काठमाडौं, जेठ २७ । हिमरश्मीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो जित हात पारेको छ । हिमरश्मीले जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा जित निकाल्यो ।

मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भएको जुनियर ब्वाइजको खेलमा हिमरश्मीले स्प्रिङ भ्यालीलाई २१–१६ ले पराजित ग¥यो । विजयी टिमका लागि सुबोध पनेरुले ६ अंक जोडे । सिनियर गल्र्समा हिमरश्मीले काठमाडौं लिङकनलाई २४–१८ ले हरायो । विजेताकी सुनिशा मिश्रले १० अंक जोडिन् ।
जुनियर ब्वाइजमा जीवन ज्योतिले ल्यान्डमार्कलाई १८–१०, सिद्धार्थ मोडेलले रोजमेरीलाई २१–१०, सिर्जना ज्ञान सागरले काठमाडौं शिक्षालयलाई २४–१६, काठमाडौं लिङकलनले लालीगुराँस विद्याकुञ्जलाई २०–१९ र प्रारम्भ वल्र्डले एन्जल्स हार्टलाई १४–१० ले पाखा लगाए ।

जीवन ज्योतिका अनमोल सिजाली मगरले ७, सिद्धार्थ मोडेलका सविर मगरले ११, सिर्जना ज्ञान सागरका प्रिन्स तामाङले ६, काठमाडौं लिङकनका वशिष्ट थापाले ८ र प्रारम्भ वल्र्डका राकेश बूढाथोकीले ४ स्कोर गरे ।

सिनियर गल्र्समा ल्यान्डमार्कले नर्थ प्वाइन्टलाई २१–१७, स्प्रिङ भ्यालीले काठमाडौं शिक्षालयलाई १८–१२ र एन्जल्स हार्टले प्रारम्भ वल्र्डलाई २६–२४ ले पन्छाए । ल्यान्डमार्ककी एनिशा कार्कीले ८, स्प्रिङ भ्यालीकी सुजिना कार्कीले ७ र एन्जल्स हार्टकी एलिया राईले ८ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता