Logo

युएनएको बैठक सम्पन्न छैठौं सम्मेलन गर्ने निर्णय



टेक्सास,जेठ २६ । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को बैठक बिहीबार ड्यालसमा सम्पन्न भएको छ । जुम मिटिङ मार्फत युएनएका अध्यक्ष भक्त बब भण्डारीको अध्यक्षतामा बसेको बैठकले २०२४ मे महिनाको २५ र २६ गते ड्यालसको टेक्सासमा छैठौं सम्मेलन गर्ने निर्णय गरेको छ ।

बैठकले अध्यक्ष भक्त बब भण्डारीलाई सम्मेलनको तयारीको लागि पनि सम्पूर्ण जिम्मेवारी दिने निर्णय गरेको बरिष्ठ उपाध्यक्ष पवन योन्जनले जानकारी दिनु भयो ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवाहरूको सामाजिक आर्थिक बिकासका साथै क्षमता अभिवृद्धि गर्ने कृयाक्लापमा सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता