Logo

एमालेमा हट्यो ७० वर्षे उमेर हद



काठमाडौं, २४ जेठ । नेकपा (एमाले) ले ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालयको बैठकले कार्यकारिणी समितिमा लाग्ने उमेर हद हटाएको हो । एमालेको विधानमा सबै तहको कार्यकारी कामिटीको पदाधिकारी र सदस्यमा निर्वाचित वा मनोनित हुनका लागि ७० वर्ष उमेर पूरा नभएको हुनपर्ने व्यवस्था छ ।

एमालेको ११ औं महाधिवेशन आगामी २०८३ सालमा हुँदै छ । अहिले पदाधिकारी रहेका शंकर पोखरेल र ६ जना सचिवबाहेक सबैको उमेर हद ७० वर्ष कटिसकेको हुने छ । यसलाई मार्ग प्रसस्त गर्नका लागि पनि उमेर हद हटाइएको एक नेताले बताए । सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले अनुमोदन गरेका हुन् । अब एमालेको विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता