Logo

रविपछि बालेनपनि भारतमा



काठमाडौं, १९ जेठ । काठमाडौं नगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहपनि भारत प्रस्थान गरेका छन्।

बालेन बिहीबार भारत प्रस्थान गरेको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि हाल भारतमै रहेका छन्।

प्रधानमन्त्री प्रचण्ड दलबलसहित ४ दिने भारत भ्रमणका लागि गएपनि रास्वपाका सभापति लामिछाने र मेयर बालेन किन भारत गएका हुन् भन्ने खुलेको छैन।

बालेनले भारत भ्रमणमा गएपछि महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता