Logo

इबीए र नेसनल युनाइटेडलाई सफलता



काठमाडौं, जेठ १९ गते । इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४–१७ ले पराजित गर्यो । इबीएको जितमा छवि भोटेले १३ अंक योगदान   गरे । अनित रेगनको ७ अंक सहयोगमा नेसनल युनाइटेडले नव ज्ञान भुमिलाई २१–१७ ले हरायो ।
सिनियर ब्वाइजमै युनिभर्सिटीले जुगललाई २४–१९, गोल्डेनपिकले हिमालयन किङडमलाई ४०–३०, गोल्डेनपिकले नै मन्जरीलाई ४९–३८ र टीआईएले साइपाल एकेडेमीलाई २४–२२ ले पाखा लगाए । युनिभर्सिटीका रेमन शाक्यले १२, गोल्डेनपिकका सुविन तामाङले १६, गोल्डेनपिककै विजय तामाङले १७ र टीआईएका रोशन नगरकोटीले ९ स्कोर गरे ।

सिनियर गल्र्समा जुगलले भद्रकालीलाई २१–१७, पृथ्वीले हिमालयन किङडमलाई ३०–२४ र साइपालले इबीएलाई १६–१० ले पन्छाए । जुगलकी आशिका जिरेलले ९, पृथ्वीकी बविता घिमिरेले १५ र साइपालकी आयुष्मा पाख्रिनले ८ अंक जोडे ।
जुनियर ब्वाइजमा स्किब्सले भ्याली पब्लिकलाई २३–१७ तथा गोल्डेनपिकले हिमालयन किङडमलाई ३०–२१ ले पराजित गरे । स्किब्सका प्रवेश भण्डारी गोल्डेनपिकका अमन गुरुङले समान १२–१२ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता