Logo

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो



काठमाडौं, जेठ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको पूर्वसन्ध्यामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएका छन्।

मङ्गलबार राष्ट्रियसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसद्‍ले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएका हुन्।

उनले भने, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ। थाती रहेको सीमासम्बन्धि विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिबद्ध रहेको जानकारी पनि माननीय सदस्यहरूलाई गराउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता