Logo

ऋषी खड्का र गायिका अनु चौधरीको ‘आँशु बनी नखस तिमी’ बोलको भिडियो सार्वजनिक



 

काठमाण्डौं,जेठ ७ । अभिनेता पल शाह र सनिशा भट्टराईको आँशु बनी नखस तिमी बोलको भिडियो सार्वजनिक भएको छ । शनिबार विश्वज्योति हलमा पत्रकारमाझ एक समारोहको आयोजना गरी सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा अभिनेता पल शाह र सनिशा भट्टराईको अभिनय रहेको छ । त्यस्तै गीतलाई ऋषी खड्का र गायिका अनु चौधरी स्वर दिएका छन । गीतको शब्द संगीत ऋषी खड्काको नै रहेको छ । गीतलाई मुस्ताङको रमणिय स्थानमा छायान्कन गरिएको हो ।

भिडियोमा शान थापा को निर्देशन,राजिब समरको कोरियोग्राफ,अर्जुन तिवारीको सिनेमाटोग्राफ रहेको छ । त्यस्तै गीतलाई केन्द्र मोशन पिक्चरले निर्माण गरेको छ । हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता