Logo

भ्रष्टाचार विरोधी अभियान देशभर फैलिदै



काठमाडौं, वैशाख ३१ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा उच्च तहका राजनीतिक नेतृत्व नै मुछिन थालेपछि देशभर भ्रष्टाचार विरोधी अभियान सुरू भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरू धमाधम पक्राउ पर्दै गएपछि सर्वसाधारण र नागरिक अगुवाको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान देशभर फैलिँदै गएको हो ।

भ्रष्टाचार अभियान नागरिकस्तरबाटै उठ्दै गएपछि सरकारको नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत आत्मबल बढेको छ ।

शनिबार देशका विभिन्न स्थानमा नागरिकस्तरबाटै उठेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई समेत खबरदारी गर्दै प्रदर्शन गरेको छ । आजको राजधानी दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता