Logo

शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी



काठमाडौं,बैशाख २७  । शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थपिएका छन् ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो ।

भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता मुछिएका बेला शीर्ष नेताहरुबीच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।

अहिले त्यो छलफलमा गृहमन्त्री श्रेष्ठ पनि थपिएका छन् । छलफलको एजेण्डा संक्रमणकालीन न्यायसम्बन्धी विषय भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता