Logo

वडा २ र ४ लाई उपाधि



कीर्तिपुर,बैशाख २६ ।  वडा २ र वडा ४ ले १० औं कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा २ पुरुष तथा वडा ४ महिलामा च्याम्पियन बनेका हुन् ।

कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा वडा २ ले वडा ३ लाई ५१–४४ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रवीण गुरागाईंले १६ अंक जोडे ।
पहिलो क्वाटर १०–१० को बराबरीमा सकिएको थियो । वडा २ ले दोश्रोमा १३–१२ र तेश्रोमा १५–१४ को सामान्य अग्रता लियो । वडा २ ले चौथो क्वाटर १३–८ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा ६ लाई ५५–५० ले हरायो । वडा ४ की मुना महर्जनले ३५ स्कोर गरिन् ।
पहिलो क्वाटरमा १२–१६ ले पछि परेको वडा ४ ले दोश्रोमा २२–९ को अग्रता बनाउदै जितको महत्वपूर्ण आधार खडा ग¥यो । तेश्रोमा वडा ४ १२–९ ले अगाडि रह्यो । चौथो क्वाटरमा वडा ६ ले ९–१६ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन । पुरुष÷महिला दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुषमा वडा २ का नरेश महर्जन तथा महिलामा वडा ४ की मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित  भए । दुवै जनही ५ हजार नगदबाट पुरस्कृत भए ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा ११ तथा महिलामा ६ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता