Logo

नेपाली मेक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग प्रतिस्पर्धा हार



काठमाडौं,बैशाख २१ । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएकाे आयाेजनामा उज्वेकिस्तानकाे राजधानी तास्कान शहरमा २०२३ काे अप्रिल ३० देखि मे १४ तारिख सम्म हुन गईरहेकाे आईबिए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापाले जर्मनीका गोक्दुमान देवरामसंग ४:१ अंककाे आधारमा प्रतिस्पर्धा हार बेहाेरेका छन् ।

नेपाली मुक्केबाज थापाले ६० -६३.५ किलाे ताैल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसंग मे ०२ तारिखमा नेपाली समय अनुसार दिउँसो १ बजे राउण्ड ६४ अन्तर्गत सेसन २ ‘ए’ काे पाँचौ नम्बर बाउट ४६ प्रतिस्पर्धा गरेका थिए । थापा १३ औं सागका स्वर्ण पदक विजिता खेलाडी हुन् ।

जर्मनी मुक्केबाजसंग राम्राे खेल प्रदर्शन गर्दै ४:१ (स्प्लिट) अंकमा पराजित भएकाे नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय काेअडिनेटर श्यामकाजी अवालेले जानकारी दिएका छन् ।

४८ केजी ताैल समुहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि साे स्थानमा पुगिसकेकाछन् । रविन थापाले उज्वेकिस्तानी बक्सरसंग मे ४ तारिखमा प्रतिस्पर्धा गर्ने छन् । थापा सहित नेपाली टाेलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई गत अप्रिल २८ तारिखमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले सहिकाे टाेलीले विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता