Logo

नेपाललाई ११८ रनको लक्ष्य प्रस्तुत गर्दै यूएई ११७ रनमा अलआउट



काठमाण्डौं,बैशाख १९ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएईले नेपाललाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरिरहेको यूएईले ३३.१ ओभरमा १ सय १७ रन बनाएर अलआउट भएको छ ।

उसका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै, आर्यन लाक्राले १३, कप्तान मोहम्मद वमिले ११, जुनैद सिद्दिकी र बसिल हमीदले १०र१० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले ७.१ ओभरमा २ मेडनसहित १४ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, करण केसीले २र२, सोमपाल कामी र गुलशन झाले १र१ विकेट लिए ।

सोमबार वर्षा कारण कारण रोकिएको खेल आज बिहान ९ बजेदेखि २७. ३ ओभरमा १०६ रन बनाएर ९ विकेट गुमाएको अवस्थाबाट सुरु सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता