Logo

आज हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने



काठमाण्डौं,बैशाख १९ ।  एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार टिकट काटेका दर्शकलाई पहिलो प्राथमिकतामा राखेर बाँकी रहेको टिकट अन्य दर्शकलाई नि:शुल्क उपलब्ध गराइने भएको छ ।

नेपालविरुद्ध यूएईले भोलि २७.३ ओभरबाट आफ्नो ब्याटिङ थाल्नेछ । हिजो खेल रोकिने बेलासम्म यूएईले २७.२ ओभरमा ९ विकेट गुमााएर मात्रै १०६ रन बनाएको छ ।

आज पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता