Logo

९६ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह गर्यो फोटो पत्रकारलाई सम्मान



काठमाण्डौं,बैशाख १३ । ९६ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समुहले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । फोटो पत्रकारहरुको संस्था राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको प्रमुख आतिथ्यतामा एनएफपीजे ले फोटो पत्रकारहरुलाई सम्मान गर्नुका साथै कदर पत्र प्रदान गरेको छ ।

स्वतन्त्र फोटोपत्रकार उषा तितुक्क्ष (तिवारी) र सगरमाथा आरोही साहसी फोटोपत्रकार पुर्णिमा श्रेष्ठलाई संस्थाले विशेष सम्मान गरेको छ ।

तितुक्क्ष र श्रेष्ठलाई एनएफपीजेले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा घोषणा गरिएको विशेष नारी सम्मान आज वितरण गरेको हो ।

यसैगरी संस्थाको बिभिन्न गतिविधिमा फोटो उपलब्ध गराउने फोटो पत्रकारहरुलाई समेत संस्थाले आज कदर पत्र प्रदान गरेको छ । संस्थाले आज आफ्नो भित्तेपात्रोको विमोचनसमेत गरेको छ।

बिक्रम सम्बत १९८४ मा आजकै दिन गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो ।

विरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरुले वैशाख १३ गतेको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् । (तस्बिर एनएफपीजे )

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता