Logo

आज गृहमन्त्री लामिछाने प्रतिनिधि सभाको रोष्ट्रममा जाने सम्भावित कार्यसूची



काठमाण्डौं,जेठ ३ । बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाको रोष्ट्रममा पुग्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार कार्यसूची तय भएको खण्डमा जेठ ३ गते, बिहीबार ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कार्यसूचीमा तय भएर पनि विगतमा दुई पटकसम्म स्थगित भएको थियो । २०८० चैत २ गतेमा प्रतिनिधि सभामा यो विधेयक गृहमन्त्रीले पेस गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख प्रवेश गर्नेबित्तिकै कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

बिहीबार बिहान बस्ने प्रतिनिधि सभाको बैठकमा ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता