आज मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस

काठमाण्डौं,बैशाख १३ । आज मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । सोही स्मृतिमा नेकपा (एमाले) र मातहतका संगठनले अधिकारीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउन लागेका छन् ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा ०५१ मा नेकपा एमालेले ९ महिना सरकार चलाएको थियो।
९ महिने सरकारको लोकप्रियताको जस अहिले पनि नेकपा एमालेले पाउँदै आएको छ। अधिकारी प्रधानमन्त्री भएकै बेला आफ्नो गाउँ आफै बनाउँदेखि सामाजिक सुरक्षा भत्तालगायतका निकै लोकप्रिय कार्यक्रम ल्याएका थिए।
अहिले पनि एमालेले हरेक निर्वाचनमा ०५१ को ९ महिने सरकारका लोकप्रिय कार्यक्रमको चर्चा गर्दै आइरहेको छ। अधिकारीले तत्कालीन समयमा पार्टी अध्यक्षको नेतृत्व समेत सम्हालेका थिए।