Logo

सिंजा बहुमुखी क्याम्पसको अध्यक्षमा जिसी चयन



काठमाण्डौं,बैशाख ९ । गाेल्डेन बुढा जुम्ला सिंजा बहुमुखी क्याम्पसको अध्यक्षमा दल बहादुर जिसी चयन भएका छन्। पुर्व अध्यक्ष रणबहादुर राेकायाकाे समितिलाई विगठन गर्दै जिसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो।नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

यस्तै उपाध्यक्षमा तारा राेकाया,सदस्यहरुमा उमेश आचार्य,भुमिनन्द आचार्य र सेरबहादुर बुढा लगायत १५ सदस्यीय पदाधिकारीमा चयन गरिएको छ। उनलाई समुदायले सर्वसम्मतिले अध्यक्ष बनाएका हुन्।

उनी नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य समेत छन्।जिसी एउटा सशक्त शिक्षाक्षेत्रलाई राम्रोसँग बुझेको युवा भएकोले क्याम्पसकाे स्तरवृद्धि गर्न अपरिहार्यता देखिएकाे स्थानीय बताउँछन्।

स्थानीय उमेश बुढाले भने क्याम्पसलाई स्तरवृद्धि गर्न र क्याम्पसकाे मुहार आवश्यक छ।त्यसकै कारणले शिक्षाक्षेत्रलाई बुझेको सशक्त युवा राेजेका छाैँ,यता नवनिर्वाचित अध्यक्ष दलबहादुर जिसीले सिंजा क्याम्पस गाई गाेरु चर्ने,स्थानीयले प्रयोग गर्ने शाैचालयमा परिणत भएको बताए।

उनलेे सिंजा क्याम्पस लाई सहि बाटोमा डोर्‍याउने प्रतिवद्वता जनाए।क्याम्पस लाई आंगिक क्याम्पस बनाउन पहल गर्न,क्याम्पसको शैक्षिक र भौतिक विकास लाई गुणस्तरिय बनाउन सम्पुर्ण सिजा बासिको सर्ब सहमतिले अध्यक्षकाे जिम्मेवारी दिएको पुरा गर्ने बताए। शिक्षा क्षेत्रमा देखिएको असमनताको खाडललाई अन्त्य गर्ने अठोट रहेको सुनाए।सिंजा बहुमुखी क्याम्पस जुम्ला विसं २०६६ सालमा स्थापना भएको थियो ।

विसं २०६७ सालदेखि त्रिभुवन विश्वविद्यालयको सामुदायिक क्याम्पसका रुपमा यसले अध्ययन अध्यापनको काम गर्दै आएको क्याम्पस प्रमुख नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता