Logo

अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोहीको जीवितै उद्धार



काठमाण्डौं,बैशाख ७ । अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका उनका भाइ सुधीरले जानकारी दिए ।

सेभेन समिट ट्रेक्सका अनुसार ७ जना नेपाली उद्धारकर्ताले ३०० मिटर गहिरो खोंचमा उनलाई जिवितै फेला पारेका हुन् ।

उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल ल्याइएको जानकरी दिँदै सेभेन समिट ट्रेक्सका जीएम थानेश्वर गुरागाईले भने ‘उनीको स्वास्थ्य गम्भीर छ, चिकित्सकहरुले उपचार गरिरहेका छन् ।’

यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।

राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता