Logo

कांग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्दै



काठ्माण्डौ,बैशाख ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ ।

परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘अहिलेसम्म एनपी साउदको मात्र टुंगो लागेको छ, अन्य मन्त्रीको शपथ हुने नहुने टुंगो छैन ।’

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए । आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता