नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्दै

काठ्माण्डौं ,चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्दैछ । उक्त साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिधानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजबाट निर्वाचन हुनेछ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन्। यसरी निर्वाचित हुने महासंघकाे बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्।
साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ।
यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ।