Logo

बैंकको चर्को ब्याजदरका बिरुद्ध कोहलपुरका ब्यापारीले गरे बिरोध प्रदर्शन



कोहलपुर,चैत २८ । बैंकको चर्को ब्याजदरको बिरुद्ध आज बाँकेको कोहलपुर नगरमा उधोग ब्यापार संघसँग आबद्द ब्यापारीहरुले बिरोध प्रदर्शन गरेका छन । कोहलपुर नगरपालिका अन्तरगत रहेका सबै पसल बन्द गरी बिरोध गरेको प्रदर्शनकारीले जनाए ।

बिरोध प्रदर्शन पुर्व कोहलपुर चौराह देखी पिपलबोट सम्म र्‍याली निकाली प्रदर्शन पछी आमसभा गरेका थिए ।

महिनाको अन्तिम दिन ब्याज बुझाउँने समय हुँदा पनि फाइनान्स र बैंकको ब्याजदर कम नहुँदा यसका बाबजुत पनि ब्यापार घाटामा हुँदा सरकारले बिगतमा कोरोना संक्रमणको बेला मारमा परेकालाई उचित राहत नदिंदा अत्यन्त गाह्रो भएको र जनभावनाको पक्षमा साथ नदिएको आरोप लगाएका छन ।

कार्यक्रममा कोहलपुर ब्यापार संघ,राप्ती सोनारी उधोग ब्यापार संघ का पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता