Logo

बागमती प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै



हेटौंडा,चैत २६ । बागमती प्रदेश सरकारमा आइतबार नेपाली कांग्रेस सहभागी हुने भएको छ ।

कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।

बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय सम्हाल्ने कांग्रेस स्रोतले जनाएको छ ।

बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले भने मन्त्रिपरिषदमा नाम पठाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता