Logo

अल्लु अर्जुन अभिनित पुष्पा को ट्रेलर सार्वजनिक



काठ्मान्डौं ,चैत २५ । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा: द रूल’ को इन्ट्रो ट्रेलर सार्वजनिक भएको छ।

केही दिनअघि पुष्पा कहाँ गए भन्दै ट्रेलरको क्लिप सार्वजनिक गरिएको थियो। अभिनेता अल्लु अर्जुनको जन्मदिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। अप्रिल ८ मा अल्लु अर्जुन आफ्नो जन्मदिन मनाउँदैछन्।

सार्वजनिक ट्रेलरमा पुष्पा तिरूपति जेलबाट फरार भएदेखि आफ्नो रूल चलाउन फर्किएको प्रसंगलाई समेटिएको छ।

‘पुष्पाः द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। ३ मिनेट १४ सेकेन्ड लामो ट्रेलरले दर्शकमाझ अझै कौतूहलता बढाउने देखिन्छ।

‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ।
फिल्म ‘पुष्पाः द राइज’ १७ डिसेम्बरमा प्रदर्शन भएको थियो। फिल्मले तारिफ बटुल्नुको साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता