जेल जीवनपछि पलको पहिलो भिडियो ‘सक्छौ र तिमी म बिना बाच्न ‘ को छायांकन

काठमाण्डौ,चैत २४ । उच्च अदालत पोखराबाट सफाइ पाएको करिब १ महिना पछि अभिनेता पल शाह नियमित काममा फर्किएका छ । १ बर्षको जेल जीवनपछि उनको पहिलो म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाच्न ‘को केहिदिन अघि काठमाण्डौ र पोखरामा छायांकन गरिएको छ । नरेश बुढाथोकीको स्वर ,सन्तोष सुनारको सगीत र राम अविरल बिस्टको रचना रहेको गीतलाई दिलासा बस्नेत ले निर्माण गरेका हुन् ।
बिकाश सुबेदीले निर्देशन गरेको भिडियोलाइ ‘एटके एभरेस्ट मोसन पिक्चर्स’ (8K Everest Motions Pictures) ले बजारमा ल्याउने भएको छ ।भिडियोमा अभिनेतापलको जोडीमा सनिशा भट्टराई देखिने बुझिएको छ।