Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, न्यूनतम साझा कार्यक्रमबारे छलफल हुँदै



काठमाण्डौं,चैत २३ । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी छ । केहिबेर अघिदेखि सुरु भएको बैठकमा आज सार्वजनिक गरिन लागेको सरकारको प्राथमिकता र गठबन्धनको साझा न्यूनतम कार्यक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा ९ वटा विषयलाई प्राथमिकतामा राखिएको छ । सो कार्यक्रमलाई आज अन्तिम रूप दिन गठबन्धनके बैठकमा छलफल भइरहेको हो । बैठकले अनुमोदन गरेपछि आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।

गएको मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा साझा कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयलाई समेटिएको छ ।

मुख्य गरी अहिलेको आर्थिक अवस्था र यसको सुधारका लागि प्रयास, कृषि क्षेत्र, पर्यटन, जलस्रोतलगायतलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै एउटै विवरणसहितको राष्ट्रिय परिचयपत्रलाई अगाडि बढाउने विषय पनि समेटिएको छ ।

शान्ति प्रक्रियालाई पूर्णता दिने, सङ्क्रमणकालीन न्यायका सबै प्रक्रिया तत्काल पूरा गर्ने प्रतिवद्धता पनि साझा न्यूनतम कार्यक्रममा समावेश रहेका छन् । कार्यदलले तयार पारेको कार्यक्रम आज सत्ता गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ । अनि गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो साझा न्यूनतम कार्यक्रम बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता