Logo

मधेशमा उपेन्द्र यादव र सीके राउतबीच वर्चस्वको लडाइँ



काठमाण्डौं,चैत २२ । जनमत पार्टीका अध्यक्ष सीके राउत पाँच दिनयता बारामा छन् । बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर मधेश झरेका उनी बिहानदेखि साँझसम्म घरदैलोमा व्यस्त हुन्छन् ।

राउत गढीमाईस्थित पार्टी कार्यालयमै बास बस्छन् । जनमतका प्रवक्ता बीपी साहका अनुसार हरेक दिन बिहान उठेर अगुवा कार्यकर्तालाई अघि लगाउँदै घरदैलो थाल्छन् । कति ठाउँ उनको साथमा उम्मेदवार कुशवाहा हुन्छन्, कतिपय बेला हुन्नन् ।

दिनभर घरदैलो गरेर राउत साँझ पार्टी कार्यालयमै फर्किन्छन्, जहाँ वडा इन्चार्ज तथा अगुवा कार्यकर्ता गरी १००-१५० का लागि मेसमा खाना पाकेको हुन्छ । राउत पनि त्यही खाना खान्छन् र पार्टी कार्यालयमै सुत्छन् । साह भन्छन्, ‘कुनै आकस्मिक काम प¥यो भने हो, नभए चुनाव सकेर मात्र फर्किनुहुन्छ होला ।’

घरदैलोका क्रममा पनि राउत चर्को भाषण गर्छन् । बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर सीके राउत, उपेन्द्रमाथि निशाना साध्छन्, ‘जहरिला साँप’, ‘बाहिरिया फिरंगी’, ‘भगौडा’ जस्ता उपनाम दिएर आलोचना गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता